अमेरिकाको फ्लोरिडामा गोली चल्यो, २ जनाको मृत्यु
आइतबार, १९ माघ २०७६, २३ : २३
एजेन्सी । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउँसो २ः३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ ।
प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो । गोली लागि मृत्यु हुनेमध्ये १५–बर्षीय किशोर र एक वयस्क पुरूष रहेका छन् । घाइते एक नावालक र वयस्क पुरूषको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणकारीले करिब १३ राउण्ड गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए । आक्रमणबारे अनुसन्धान भइरहेको बताइउको छ । अहिलेसम्म घटनामा सम्लग्न भएको आरोपमा कसैलाई पक्राउ गरिएको छैन । आक्रमणको कुनै समूहले जिम्मेवारी लिइनसकेको अमेरिकी अधिकारीहरूले बताएका छन् । Photo: CNN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण