क्रुजभित्र हङकङका एक व्यक्ति कोरोनाबाट संक्रमित भेटिए, जापानी सरकारले ३५ सय यात्रीलाई जहाजमै छोडिदियो
जापानले एउटा क्रुजलाई कोरोनाभाइसरको डरले बन्दरगाहमा नै छोडिदिएको छ । यसमा २५ सय यात्री र एक हजार क्रु मेम्बर्स छन् । डायमन्ड प्रिन्सेज क्रुजमा हङ्कङका एक व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भेटिएपछि अधिकारीले जहाजलाई बन्दरगाहमा नै अलग्गै स्थानमा राख्ने निर्णय लिएको हो । संक्रमण रोक्नका लागि सावधानीस्वरुप यी सबैलाई क्रुजभित्रकै आफ्नो कोठामा बस्ने सल्लाह दिइएको छ ।
जापान सरकारका प्रवक्ता योशिहिदे सुगाले सोमबार पत्रकार सम्मेलनमा डाक्टरलाई जहाजभित्रका यात्रीको उपचारका लागि पठाइएको जानकारी दिए । जहाजभित्रका कति व्यक्ति संक्रमित छन् भनेर परीक्षण गरेपछि मात्रै जहाज खाली गरिने उनले बताए । उनका अनुसार हङकङबाट २५ जनवरीमा जहाजमा सवार भएका ८० वर्षका यात्रीको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोनाभाइरस पोजिटिभ भेटिएको हो । यस्तोमा अन्य यात्रीमाथि पनि कोरोनाभाइरसबाट संक्रमित हुने खतरा छ । जापानमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणका २० घटना सार्वजनिक भइसकेका छन् ।
जहाजभित्र परीक्षणको प्रतिक्षामा हज्जारौं व्यक्तिः
जहाजमा सवार एक महिलाले स्थानीय टिभी च्यानल टिबीएसलाई उनी आफ्नी आमासँग त्यहाँ भएको जानकारी दिइन् । उनका अनुसार सबै यात्रीलाई आफ्नो कोठामै बसेर परीक्षणका लागि प्रतिक्षा गर्न भनिएको छ । महिलाले आफू सोमबार बिहानै परीक्षणको प्रतिक्षा गरिरहेको तर मंगलबार बिहानसम्म कोही पनि रगतको नमूना लिन नआएको बताइन् ।
जापानले हुबेईमा बसेका विदेशीलाई भिसा दिएन
जापानले शनिबारदेखि नै हुबेईमा बसेका विदेशी नागरिकलाई भिसा दिन बन्द गरेको छ । अर्थात्, हुबेईमा बसेकाहरु केही समयका लागि जापान जान सक्दैनन् । सरकारका अनुसार अहिलेसम्म ८ विदेशी नागरिकलाई जापान आउनबाट रोकिएको छ । जापानले अहिलेसम्म करिब पाँच सय नागरिकलाई बुहानबाट उपचारका लागि देश फिर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण