कोरोना भाइरस नष्ट गर्न भन्दै चीन पुगिन् राखी सावन्त, सेयर गरिन् भिडियो
फिल्म इन्डष्ट्रिकी कन्ट्रोभर्सी क्विनको नामले चर्चित राखी सावन्त आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चाको केन्द्रमा रहिरहन्छिन् । राखी सोसल मिडियामा निकै सक्रिय छिन् र इन्स्टाग्राममा उनी आफ्नो भिडियो र फोटोमार्फत् प्रशंसकसामू आफ्नो मनको कुरा साझा गर्ने गर्छिन् ।
पछिल्लो केही समयदेखि चीनमा कोरोना भाइरस चिन्ताको विषय बनेको छ । आपत्को यो घडीलाई पनि उनले आफ्नो प्रचारको साधन बनाउन पछि परेकी छैनन् । राखी चीन पुगेकी छिन् र उनले त्यहाँबाट कोरोना भाइरसलाई नष्ट गर्ने दाबी गरेकी छिन् ।
भिडियो हेर्नुहोस्ः
राखीले विमानभित्रको एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनी कोरोना भाइरसबारे कुरा गरिरहेकी छिन् । उक्त भिडियोमा उनले आफूलाई भाइरससँग डर नलागेको र यसलाई नष्ट गर्नका लागि नै आफू चीन जान लागेको बताइन् ।
राखी यत्तिमा मात्रै सिमित भइनन् उनले अमेरिकाको नासाबाट उक्त भाइरस नष्ट गर्ने औषधीसमेत मगाएको बताइन् । राखीको यो भिडियो हेरेर मानिसहरुले निकै मजाक उडाइरहेका छन् भने उनको आलोचना पनि भइरहेको छ ।
भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘कोरोना भाइरस मार्न चीन जाँदै छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण