शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस नष्ट गर्न भन्दै चीन पुगिन् राखी सावन्त, सेयर गरिन् भिडियो

मङ्गलबार, २१ माघ २०७६, ११ : २८
मङ्गलबार, २१ माघ २०७६

फिल्म इन्डष्ट्रिकी कन्ट्रोभर्सी क्विनको नामले चर्चित राखी सावन्त आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चाको केन्द्रमा रहिरहन्छिन् । राखी सोसल मिडियामा निकै सक्रिय छिन् र इन्स्टाग्राममा उनी आफ्नो भिडियो र फोटोमार्फत् प्रशंसकसामू आफ्नो मनको कुरा साझा गर्ने गर्छिन् ।

पछिल्लो केही समयदेखि चीनमा कोरोना भाइरस चिन्ताको विषय बनेको छ । आपत्को यो घडीलाई पनि उनले आफ्नो प्रचारको साधन बनाउन पछि परेकी छैनन् । राखी चीन पुगेकी छिन् र उनले त्यहाँबाट कोरोना भाइरसलाई नष्ट गर्ने दाबी गरेकी छिन् ।

भिडियो हेर्नुहोस्ः

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Rakhi Sawant (@rakhisawant2511) on

राखीले विमानभित्रको एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनी कोरोना भाइरसबारे कुरा गरिरहेकी छिन् । उक्त भिडियोमा उनले आफूलाई भाइरससँग डर नलागेको र यसलाई नष्ट गर्नका लागि नै आफू चीन जान लागेको बताइन् ।

राखी यत्तिमा मात्रै सिमित भइनन् उनले अमेरिकाको नासाबाट उक्त भाइरस नष्ट गर्ने औषधीसमेत मगाएको बताइन् । राखीको यो भिडियो हेरेर मानिसहरुले निकै मजाक उडाइरहेका छन् भने उनको आलोचना पनि भइरहेको छ ।

भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘कोरोना भाइरस मार्न चीन जाँदै छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप