शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आईसीसी वर्ल्डकप लिग–२ को त्रिकोणात्मक शृखंला बुधबारदेखि

मङ्गलबार, २१ माघ २०७६, १९ : १०
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ । तीन राष्ट्र सम्मिलित आइसिसी वर्ल्डकप लिग–२ को त्रिकोणात्मक शृखंला बुधबारदेखि नेपालमा आयोजना हुँदै छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने शृखंलाको पहिलो आयोजक नेपालले पाहुना टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ । नेपालमा पहिलोपटक हुन लागेको यो प्रतियोगिताका शृखंलामा सहभागिता जनाउन ओमान र अमेरिकाका खेलाडीहरु नेपाल आइपुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलार पत्रकार सम्मेलन आयोजना गरी खेलका लागि सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ । संघका अध्यक्ष चतुरबहादुर चन्दले भर्खरै क्यानका प्रशिक्षकले राजीनामा दिएपनि खेलाडीको मनोबलमा कुनै कमि हुन नदिएको बताए । 

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले बुधबारदेखि हुने खेलका लागि राम्रो तयारी गरेको बताए । उनले नेपालमै खेल खेल्न पाउँदा उत्साहित भएको र घरेलु मैदानको फाइदा लिने बताए । 

संघका अनुसार नेपालले आफ्नो उद्घाटन खेल बुधबार ओमनसँग खेल्ने छ । माघ २९ गतेसम्म चल्ने त्रिकोणात्मक शृखंलमा कूल ६ खेल हुनेछन । हरेक टोलीले समान दुई÷दुई खेल्ने तालिका रहेको छ । नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ । यस्तै तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ र चौथो तथा अन्तिम खेल नेपालले अमेरिकासँग माघ २९ गते खेल्ने तालिका रहेको छ ।

ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो । सन २०२३ को एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालको यो पहिलो शृखंला हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ । ओमान ८ अंकसहित चौथो स्थानमा छ । सन २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा एकदिवसीय शृखंला खेल्न लागेको यो पहिलो पटक हो भने समग्रमा नेपालको तेस्रो एकदिवसीय शृखला हो । पहिलो पटक सन २००८ को डिभिजन पाँचमा  आमने सामना भएका अमेरिका र नेपाल ११ पटक एकदिवसीयमा आमने सामने भएका छन । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा विहीन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप