निर्भयाका दोषीको फाँसीको विषयमा दिल्ली हाइकोर्टले बुधबार निर्णय गर्दै
निर्भयाको सामूहिक बलात्कार र हत्याका दोषीको फाँसीको सजाय स्थगित भएको बारे दिल्ली हाइकोर्टले बुधबार अर्थात् आज आफ्नो निर्णय सुनाउनेछ । केन्द्र सरकार र तिहाडजेल प्रशासनले हाइकोर्टमा याचिका दर्ता गरेर पटियाला हाउसकोर्टको त्यो निर्णयलाई चुनौती दिएको छ जसमा निर्भयाका चारै दोषीलाई फाँसी दिन रोक लगाइएको थियो । यो याचिकामाथि शनिबार र आइतबार विशेष सुनुवाई भएपछि अदालतले आफ्नो निर्णय सुरक्षित राखेको थियो । यसैबीच दोषीको फाँसी स्थगित भएको विषय मंगलबार राज्यसभामा पनि उठेको थियो । आम आदमी पार्टीले यो मुद्दामा राष्ट्रपति र चीफ जस्टिसलाई हस्तक्षेप गर्न माग गरेको छ ।
शून्यकालमा यो मुद्दा उठ्ने बित्तिकै आम आदमी पार्टीका संजय सिंहले भने, ‘चारै दोषीलाई मृत्युदण्डको सजाय सुनाइसकिएको छ तर सजायमा किन ढिलाई भइरहेको छ ? यो मुद्दामा राजनीतिक बयानबाजी पनि भइरहेको छ, जुन दुर्भाग्यपूर्ण हो । सन् २०१२ डिसेम्बर १६ मा उक्त घटना भएपछि पूरा देश सडकमा उत्रिएको थियो । तर दोषीको सजाय बारम्बार स्थगित भइरहेको छ ।’
सभापति एम वेंकैया नायडूले यसलाई अत्यन्त संवेदनशील र गम्भीर मुद्दा बताउँदै अदालतको आदेश तुरुन्त लागू हुनुपर्ने बताएका छन् ।
अदालतले निर्भयाका आमाबुवालाई चाँडै नै आदेश पारित गर्ने आश्वासन दियोः
यसअघि मंगलबार निर्भयाका आमाबुवाले दिल्ली हाइकोर्ट समक्ष केन्द्रको याचिका चाँडै नै सुल्झाउन आग्रह गरेका थिए । अदालतले यसबारे सुनुवाई गर्दै निर्भयाका अभिभावकलाई चाँडोभन्दा चाँडो आदेश पारित गर्ने आश्वासन दियो ।
निर्भयाका चारै दोषीको फाँसीको सजाय अहिलेसम्म दुईपटक स्थगित भइसकेको छ । चारैजनालाई जनवरी २२ मा फाँसी दिने पहिलो निर्णय भएको थियो तर एक दोषीको दया याचिका राष्ट्रपतिसमक्ष विचाराधीन भएकोले फाँसीको मिति सारियो ।
पछि अदालतले फेब्रुअरी १ मा सजायको मिति तोकेको थियो तर त्यतिबेला पनि उनीहरुको मृत्युदण्डको सजायलाई अर्को आदेशसम्म रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण