कृष्ण पहाडीको खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा
बुधबार, २२ माघ २०७६, १२ : २८
काठमाडौँ । अधिकारकर्मी तथा नागरिक आन्दोलनका नेता कृष्ण पहाडीले आफ्नो शेषपछि खातामा रहेको रकम मानव अधिकार तथा शान्ति समाजमा हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
समाजको संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैँक खातामा रहने रकम मानव अधिकार तथा शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेका हुन् ।
यसैगरी आफूले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गरेका छन् ।
५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण