बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको हत्या
लखनउ । भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो ।
मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो । लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो ।
बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको हत्या भएको हो ।
विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बोटोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गोली प्रहार गरेको बताइन्छ । कारको सिसा छेडेर गोली छिरेको थियो ।
गोली प्रहार गरेलगत्तै हमलाकारीहरु मोटरसाइकलसहित फरार भएको बताइएको छ ।
प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुमितको टाउकोमा गोली लागेको थियो । घटनालगत्तै सुमितलाई टीकरगढस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले सो क्षेत्रमा राति नै नाकाबन्दी गरेर चेकजाँच गरे पनि हत्यामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । गोली कसले चलाएको हो र किन हत्या ग¥यो भन्ने प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण