प्रधानमन्त्रीलाई वुहानबाट नेपाली विद्यार्थीको पत्र, जीवन गुमाउने डर कस्तो हुन्छ प्रधानमन्त्रीलाई थाहा होला
काठमाडौं– कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन् ।
वुहानमा रहेकी प्रमिला देवकोटाले आफूहरु कोठामा थुनिएर बसेको यतिका दिन वितिसक्दा पनि आफ्नो देशको सरकारले उद्धार नगरेकोमा वुहानमा रहेका नेपाली विद्यार्थीहरुको तर्फबाट प्रधानमन्त्रीलाई पत्र लेखेको बताएकी छिन् । उनले सामाजिक संजालमा अपिलसहित पोष्ट गरेको पत्र यस्तो छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ।
तपाइहरुलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहाँ चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाई लगायतका नेताहरुले बजाइरहेको मुरली हेरेर आफैलाई चिथोरीरह्यौं । हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौं। हामी यहाँ हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका छौं, हाम्रो घर फर्कने समाचारको आसमा।
त्यो समाचार त पाएनौं तर तपाईहरुले बाजा बजाइरहको तस्वीर भने पायौं। हामी तपाई रोम जल्दा मुरली बजाउने नीरो हो त भन्दैनौ। तपाईका विगतका काम हेर्दा हामीलाई लाग्दैन तपाईको मुटु त्यति कठोर छ। तर तपाईले पक्कै मान्नुपर्छ हामी अत्यासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईले आफूमा सम्वेदना भने नभएको पुष्टी गर्नुभएको छ।
हामी अहिले नेपाल सरकारलाई किन बोझ भयौ भनेर छलफल गरिरहेका छौं। हाम्रा नजिकैका भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका जनताभन्दा हामी किन फरक भयो भनेर सोच्यौं। यहाँ डाक्टर पढेका देशमा काम गरेका वा अन्य पेशामा लागेका र अगाडि पढ्न आएका युवायुवती छन्। उनीहरु सोच्दछन् देश बन्न त भूगोल मात्रै काफी हुन्न। देश भूगोलमा बस्ने जनताले बनाउँछ।
अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ, भन्ने हाम्रो प्रधानमन्त्रीले जति कसले बुझ्नुभएको होला। तर तपाईलाई नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नु भएको भनेर पनि छलफल गयौं।
देशमा स्रोत छैन्, ठीक हो नहुनु आफैमा दोष होइन। तर स्रोत जुटाउन नसक्नु त्यो दोष हो। जनता मगन्ते मात्रै मानिरहने र राज्य भएको महसुस नै नहुने कस्तो देश बनाउनुभयो तपाईहरुले ? हामी यहाँ सोच्दैछौ कुनै दाता तपाइकाहाँ हामीलाई १४ दिन लगिदिने प्रस्ताव लिएर किन आइदिएन ?
त्यो सहरमा हामी अट्ने ठाउँ खोज्न तपाईहरुले चीनले अस्पताल बनाउँने भन्दा बढी समय लगाउनुभयो। तपाईहरुलाई काम गर्न नपर्ने र राज्य चलाउन पाइरहने किन बनायौ हामीले ? त्यो सोचेर पनि आफैलाई चिथोर्न मन लाग्छ।
कुन समय आउँछ नागरिकको जीवनमा जब उसलाई लाग्छ, यस्तो देशमा किन जन्मिए ? हामीलाई पहिलोपटक यस्तै लागेको छ। आस छ, हामी यहाँ सकुशल हुँदै हाम्रा बा जस्तो प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस् र हाम्रा अर्का रातहरु आसमा अत्यासिएर बाच्न नपरोस्।
हामी वुहानमा अत्यासिएका नेपाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण