हिमालयन बैंकको नाफा २८ प्रतिशत बढ्यो
काठमाडौं । हिमालयन बैंकले ६ महिनामा करिब १७४ करोड रुपैंया नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ७४ करोड २४ लाख रुपैंया नाफा कमाएको हो । सो बैंकको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको भन्दा करिब २८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सो बैंकको नाफा १ अर्ब ३६ करोड थियो ।
बैंकले पुस मसान्तसम्ममा १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९७ अर्ब ७२ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ३ अर्ब र ५ अर्बले बढी हो ।
पुस मसान्तसम्म बैंकको जगेडा कोष ६ अर्ब ११ करोड रुपैंया छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब ८१ करोड रुपैंयाले बढी हो । बैंकले आफ्नो पुँजी ८ अर्ब ८५ करोड रुपैंया रहेको देखाएको छ । यो पुँजी घोषित १० प्रतिशत बोनस जारी हुनुभन्दा अघिको हो । बैंकसँग अघिल्लो वर्षको नबाँडिएको नाफा ३ अर्ब १० करोड रुपैंया रहेको देखिएको छ ।
हिमालयन बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ५ अर्ब ५७ करोडबाट बढेर ६ अर्ब १७ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ७ करोडबाट ३ अर्ब ५९ करोड रुपैंया पुगेको बैंकले जनाएको छ । ६ महिनामा बैंकको कर्मचारी खर्च अघिल्लो वर्ष ७५ करोड ३६ लाख रहेकोमा यो वर्ष ८६ करोड ९३ लाख पुगेको छ । त्यस्तै, अन्य सञ्चालन खर्च करिब ७ करोड वृद्धि भई ४० करोड पुगेको छ ।
पुस मसान्तसम्म सो बैंकको पुँजीकोष अनुपात १४.७३ प्रतिशत छ । बैंकको निष्क्रिय कर्जा अनुपात भने १.२५ प्रतिशतबाट १.२८ प्रतिशतमा पुगेको छ । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा बेसरेट एकल विन्दुमा झरेको छ । पुस मसान्तसम्म सो बैंकको कस्ट अफ फण्ड ६.३४ प्रतिशत र बेसरेट ८.९२ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ६.७३ प्रतिशत बेसरेट ९.११ प्रतिशत थियो । बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैंकको प्रावधान छ । बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ५.३२ प्रतिशत छ । यो अनुपातलाई ६ महिनाभित्र ४.४० प्रतिशतमा ल्याउनुपर्छ ।
बैंकले बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्दति खातामा ७.२५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ५.५ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण