‘चपली हाइट ३’ ले दर्शकलाई बैंकक घुमाउने

काठमाडौं । दर्शक लोभ्याउन निर्माण युनिटले फिल्मको प्रचार प्रसार समय विभिन्न उपहार योजना अगाडि सार्ने गरेका छन् । यस्तैमा २८ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ले पनि दर्शकका लागि बैंकक घुमाउने टिकटक योजना ल्याएको छ ।
निर्माण युनिटले फिल्मको केही दिन पहिले सार्वजनिक ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनु पर्ने र त्यसरी बनेका टिकटक मध्य उत्कृष्ट एकलाई बैंकक घुमाइने योजना ल्याएको हो ।
फिल्मका निर्माता अर्जुनकुमारले सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियो मध्ये एउटा विजेता घोषणा सहित बंैकक टुरको प्याकेज दिने बताए ।
निकेश खड्काको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय रहेको छ ।
सस्पेन्स र थ्रिलर बिषय निर्माण भएको फिल्म अर्जुनकुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
-
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
-
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
-
अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने
-
पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
-
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बन्धक