घर तथा गाडी कर्जाका लागि मेगा बैंकको आकर्षक योजना, ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ ।
‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो ।
ग्राहकहरुलाई अत्याधिक सुविधायुक्त विशेषताहरु रहेको यस नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकहरुलाई मुल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको छ । यस्तै, आवास निर्माणका लागि अधिकतम १०० प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।
कर्जाको भुक्तानी अवधि ३५ बर्षसम्म रहने यस कर्जा योजनामा ३ बर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ । यसका साथै, आवास कर्जा लिने घरका लागि आवश्यक घरेलु उपकरण, घरायसी सामाग्री, हार्डवेयर सामाग्री, फर्निचर लगायतका सामाग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ ।
आवास कर्जासँगै सवारी साधन कर्जा लिन चाहने ग्राहकले यस योजनाबाट विशेष लाभ लिन सक्ने मेगा बैंकले जनाएको छ । बैंकका अनुसार, सवारी साधन कर्जाको अवधि अधिकतम १० बर्षसम्म हुने यस योजनामा उल्लेख छ ।
अन्य आकर्षक सुविधाहरु समेत रहेको यस कर्जा योजनामा सम्पूर्ण कागजात पेश गरेको ७ दिन भित्र नै कर्जा प्रदान गरिने मेगा बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण