चीनबाट तत्काल नेपालीलाई स्वदेश फर्काउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नोबल कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै सम्पूर्ण तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
बिहीबार बिहान उपप्रधानमन्त्री, मन्त्री र सचिवहरुलाई बालुवाटार बोलाएर विशेष बैठक राख्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र पर्यटन मन्त्री योगेश भट्टराईलाई बोलाएर नागरिकको स्वास्थ्य र सुरक्षाको निम्ति कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।
सरकारले चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउन गत साताको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि यहाँ राख्ने स्थानको पहिचानमा भएको ढिलाइले उनीहरुलाई ल्याउन सकेको छैन ।
‘शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गर्नु र नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन ढिला नगर्नु’, प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई निर्देशन छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले क्वारेन्टाइनका लागि खोजिएका स्थान र अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण