तराईका जनतासँगको मेरो प्रेम टुट्दैन: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराईका जनतासँग आफ्नो प्रेम बसेको भन्दै त्यो टुट्न नदिने बताएका छन् । बिहीबार सिराहाको सखुवान्नकारकट्टीमा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षदेखि नै आफु र तराई मधेसका जनताबीच प्रेम बसेको बताए । ‘मेरो तराइ मधेस माइती घर हो, यहाँका जनतासँगको प्रेम पुरानै हो । म त्यो प्रेम टुटाउने पक्षमा छैन’, प्रचण्डको भनाई छ ।
उनले विभिन्न राजनीतिक परिवर्तनका क्रममा तराई मधेसका जनताले देखाएको त्याग र बलिदान विर्सन नमिल्ने भन्दै हिमाल, पहाड र तराईको एकतालाई मजबुत ढंगले जोडेर मात्रै अधिकार, विकास र सम्बृद्धिको यात्रामा सफल हुन सकिने बताए ।
आफु प्रधानमन्त्री भएका बेला तराई–मधेसका जनाताका लागि हुलाकी सडक विस्तार र सिञ्चाईका लागि गरेको पहलले सार्थकता पाउँदै गएको प्रचण्डको भनाई छ । हाल सत्तारुढ दलको अध्यक्षको हैसियतले पनि तराई मधेसको विकासका लागि आफुले गर्नसक्ने सबै सहयोग गर्न तयार रहेको बताए ।
‘निजगढ–काठमाडौं फास्टट्रयाक, पूर्व पश्चिम रेलमार्ग, तराईको विकास, चुरे संरक्षण र सिञ्चाईलाई प्राथमिकतामा राखेको छ’, प्रचण्डको दावी छ । प्रचण्डले जनआकाँक्षा अनुसार संविधान संशोधन गर्दै जान सकिने भन्दै सोही अनुसार संविधानमा संशोधनका प्रावधानहरु राखिएको र त्यसका लागि आफ्नो पार्टी तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण