बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशः दुई वर्षमा ३५ विधेयक

बिहीबार, २३ माघ २०७६, १८ : ३१
बिहीबार, २३ माघ २०७६

कास्की । गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् ।  प्रदेशसभा सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७४ माघ २२ शुरु भएयता हालसम्म चारवटा अधिवेशन सम्पन्न भई पाँचौँ चालू रहेको जानकारी गराए ।

उनका अनुसार प्रदेशसभाको पहिलो अधिवेशनमा नौ, दोस्रोमा १३, तेस्रोमा छ, चौथोमा ६ वटा विधेयक पारित भएका थिए । चालू अधिवेशनमा एउटा विधेयक पारित भएको छ । दुईवटा विधेयक विधायन समितिमा दफवार छलफलका क्रममा छन् । दुईवटा प्रदेशसभामा विचाराधीन छन् । यसबीचमा भौतिक पूर्वाधारका काम  अघि बढेको बताउँदै उनले प्रदेशसभाका समिति र संसदीय दलको कार्यालय सञ्चालनका लागि प्री–फ्याब भवनको निर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिए ।

प्रदेश अन्तर्गतका जिल्ला समन्वय समितिसँग भिडियो कन्फरेन्सको माध्यमबाट सम्पर्क स्थापनाका लागि युएनडिपी संसद् सहयोग परियोजनाको सहयोगमा कन्फेरेन्सिङ हल स्थापना भएको उहाँले बताए । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यस अवधिमा सभाका काम प्रभावकारी रुपमा अघि बढेको बताउँदै धेरैजसो ऐन सर्वसम्मत रुपमा पारित भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप