एनआईसी एशिया बैंकको नयाँ वेबसाइट सञ्चालन, अब सुचना नेपाली मै पाइने
काठमाडौं– एन आई सी एशिया बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यका साथ विविध सुविधायुक्त विशेषताहरुका साथ बैंककोे नयाँ वेबसाइट (www.nicasiabank.com) सार्वजनिक गरेको छ ।
आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको छ ।
अब ग्राहकहरुले नेपाली भाषामा बैंकका सूचनाहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् । गूगल म्यापलाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटीएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ । साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिनेछ ।
वेबसाईटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले ग्राहकहरुले जुनसुकै स्थानबाट पनि आफ्नो स्मार्टफोन मार्फत वेबसाइट चलाउन सक्ने सुविधा प्रदान गरिएकोे छ र साथै वेबसाईट बाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा “साथी“ च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ्र ।
वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना अलर्टमार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको तथा आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सन्जालमा सेयर गर्न सकिने गरी ब्यवस्था मिलाईएको छ्र । प्रयोगकर्ताको डाटा सुरक्षाको लागीे बिशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको छ्र ।
यो वेबसाइटले (www.nicasiabank.com) प्रयोगकर्तालाई नविन अनुभुती प्रदान गर्दै बैंकका लागि डिजिटाइजेसनमा अर्को कोशेढुङ्गा सिद्घ हुने विश्वास बैंकले लिएको छ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने विश्वास लिएको छ र ग्राहकलाई बैंकको बारेमा जानकारी लिन वा सेवा उपभोग गर्न अत्यन्त सहज हुने कुरामा पूर्ण विश्वस्त रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण