महाशिवरात्रीमा विशेष पासको व्यवस्था नहुने
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले महाशिवरात्रीमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी भैरहेको बताएका छन् ।
शुक्रबार पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले महाशिवरात्रीका लागि तयारी अवस्थामा रहन सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिएका छन् ।
महाशिवरात्रीका दिन राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ठ व्यक्तित्वहरुको समेत आगमन हुने बताउँदै त्यसका लागि चुस्त सुरक्षा प्रबन्ध मिलाइने मन्त्री भट्टराईले बताए ।
भ्रमण वर्षलाई ध्यान दिँदै छिमेकी मुलुक भारतबाट आउने दर्शनार्थीहरुको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिँदै पशुपति क्षेत्रलाई विश्वमै चिनाउनका लागि हिन्दु धर्मसँग जोडिएको विश्वका संघ संस्थाहरुलाई पनि सहभागी गराउने तयारी भैरहेको दाबी गरे ।
मन्त्री भट्टराईले महाशिवरात्रीका लागि कुनै पनि पासको ब्यबस्थापन नगरिएको बताए । उनले भने, ‘कुनै पनि पासको व्यवस्था गरिएको छैन, सबै भक्तजनहरुले लाईनमा बसेर भगवानको दर्शन गर्न पाउने छ्न् ।’
त्यसदिन पशुपति क्षेत्र वरिपरि ५ हजार सुरक्षाकर्मीहरु परिचालन हुने बताउँदै कुनै पनि नशालुजन्य पदार्थ सेबन वा बिक्री वितरणमा रोक लगाउने समेत मन्त्री भट्टराइले जानकारी दिए ।
यो वर्ष फागुन १२ गते पशुपति लगायतका स्थानमा महाशिवरात्री मेला लाग्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण