नरेन्द्र मोदीको यो कदम उनको अन्तिम ‘गल्ति’ हुने इमरान खानको चेतावनी
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धम्की दिएजस्तै आफ्नो देशविरुद्ध कुनै कदम उठाएमा त्यो मोदीको अन्तिम गल्ती हुने बताएका छन् ।
इमरान खानले बिहीवार एक -यालीमा सम्बोधन गर्ने क्रममा मोदीका साथै भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको पनि आलोचना गरे ।
पाकिस्तान प्रशासित कश्मीरको मीरपुरमा ‘कश्मीर एकता दिवस’ मिरपुरमा आयोजित -यालीलाई सम्बोधन गर्ने क्रममा इमरानले भने ,‘ नरेन्द्र मोदीज्यु, तपाईले ११ दिनमा पाकिस्तानलाई ध्वस्त गरिदिने भन्नुभयो । तपाईले संसारको इतिहास पढ्नु भएको छैनजस्तो छ । तपाईको पढाइसम्बन्धी डिग्री जालीजस्तो पो देखियो । तपाईले दम्भी बयान दिनुभएको अवस्थामा म तपाईलाई केही इतिहास स्मरण गराउन चाहन्छु । ’
पाकिस्तानी प्रधानमन्त्रीले भने ,‘ संसारका सबैभन्दा शक्तिशाली फौज नेपोलियनको फौज र हिटलरको सेनाले रुसमााथि आक्रमण गरिदियो । यी दुवैलाई रुसमाथि केही हप्तामै जित हासिल गर्न सकिन्छ भन्ने विश्वास थियो । तिनलाई रुसमा जाडो सुरु हुुनु अघि जित हासिल हुने लागेको थियो । तर दुवै फौज रुसको जाडोमा नष्ट भए । दुवैको घमण्ड चुर भयो । ’
इमरान खानले भने ,‘ छेउको अफगानिस्तानलाई नै हेर्नुस् । संसारको सबैभन्दा शक्तिशाली फौज १९ वर्षदेखि त्यहाँको युद्धमा फसेको छ । त्यो सेना केही हप्तामै आफ्नो काम सक्किने सोचेर आएको थियो । भियतनाममा पनि अमेरिकी सेनालाई त्यही लागेको थियो । ’
‘हाम्रो राष्ट्रविरुद्ध तपाई र तपाईको सेनाले जुन कुरा भन्नु भएको छ, त्यसतर्फ अघि बढ्नु भयो भने त्यो तपाईको अन्तिम गल्ती हुनेछ ,’ इमरानले भने ।
भारतीय प्रधानमनमन्त्री नरेन्द्र मोदीले अघिल्लो महिना २८ जनवरीमा पाकिस्तानले भारतसँगको युद्ध तीन पटक हासिसकेको र फेरी युद्ध भएमा पाकिस्तान एक हप्तादेखि १० दिनभित्र हार्ने बताएका थिए ।
मोदीले विगतमा सरकारले पाकिस्तानको छद्म युद्धविरुद्ध सैनिक कारबाहीलाई अनुमती नदिएको बताउँदै भने ,‘ छद्म युद्ध चलाउने विरुद्ध पाठ सिकाउनको लागि हामीले सर्जिकल स्ट्राइक गर्यौं । यी दुई कारबाहीबाट जम्मु–कश्मीरमा शान्ती आएको मात्र होइन, देशको बाँकी हिस्सामा पनि शान्ती छाएको छ ।’
मोदीले नयाँ दिल्लीमा आयोजित ‘नेशनल क्याडेट कोर’को एक ¥यालीमा उक्त कुरा बताएका थिए ।
पाकिस्तानका प्रधानमन्त्री खानले यही भनार्ईविरुद्ध बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण