रोनाल्डोको कीर्तमानी गोलका बावजुद युभेन्ट्स स्तब्ध
क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपनि युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा हेलास भेरोनासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स घरेलु टोली भेरोनासँग २–१ गोलले स्तब्ध बन्यो ।
भेरोनाको जितमा फावियो बोरिनी र जियामपाओलो पाजिनीले गोल गरे । युभेन्ट्सका रोनाल्डोले गरेको गोल सान्त्वना गोलमा सिमित बन्यो । ६५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए । भेरोनाविरुद्ध गोल गर्दै रोनाल्डोले सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । उनी यसै खेलबाट युभेन्ट्सबाट सिरी ‘ए’ मा लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी बने ।
युभेन्ट्सको अग्रतापछि जोसिएको भेरोनाले ७६औं मिनेटमा बराबरी गोल फर्कायो । फावियो बोरिनीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८६औं मिनेटमा जियामपाओलो पाजिनीले पेनाल्टीमा गोल गर्दै भेरोनालाई अग्रता दिलाए । युभेन्ट्सका लियोनार्दाे बोनुचीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भेरोनाले पेनाल्टी पाएको थियो । भेरोनाले खेलको अन्तिम समयमा गरेको त्यही पेनाल्टी गोल युभेन्ट्सका लागि महंगो बन्यो ।
यस हारसँगै युभेन्ट्सले शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । शीर्ष टोली युभेन्ट्सको २३ खेलबाट ५४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २२ खेलबाट ५१ ऋंक छ । ३४ अंक बनाएको भेरोना छैटौं स्थानमा छ । शनिबार राति नै भएको अन्य खेलमा बोलोग्नाले रोमालाई ३–२, एटलान्टाले फियोरेन्टिनालाई २–१ र साम्पडोरियाले टोरिनोलाई ३–१ गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण