दुलहीले लगाएको साडी मनपरेन, विवाह रद्द गर्दै दुलहा फरार
भारतको कर्नाटकमा एउटा विवाह बीचमा नै रोकिएको छ । विवाह रोकिनुको कारण निकै रोचक छ । वास्तवमा दुलहाका परिवारलाई दुलहीले लगाएको साडी मन नपरेपछि विवाह रोकिएको हो ।
यहाँ याद गर्नुपर्ने कुरा के छ भने यी दुईको प्रेम विवाह हुँदैथियो । घटना बुधबारको हो । हासन जिल्लाका २९ वर्षका दुलहा बीएन रघुकुमार अहिले फरार छन् ।
हासनका एसपी श्रीनिवास गौडाले भारतीय संचार माध्यमसँग गरिएको कुराकानी अनुसार रघुकुमार र बीआर संगीता विगत एक वर्षदेखि प्रेममा थिए । यी दुईले विवाह गर्ने निश्चित गरे । परिवारबीच पनि सहमती भयो । बुधबार जब केही विधि अपनाइँदैथ्यो तब संगीताको साडी रघुकुमारका आमा–बुवालाई उनको साडी मन परेन । उनीहरुलाई साडीको क्वालिटी खराब लाग्यो जसका कारण संगीतालाई साडी परिवर्तन गर्न भनियो । यो तिलजस्तो विषय पहाड बन्यो र दुलहाका आमा–बुवा रिसाए । उनीहरुले बिहिबार हुने विवाह रद्द गरे र छोरालाई घरबाट भगाइदिए ।
पुलिसले रघुकुमारविरुद्ध धोकाको मुद्दा दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण