‘कठै अख्तियार, नेकपासामु लम्पसार’ (भिडियो)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलले विरोध प्रदर्शन गरेको छ ।
तरुण दलको संयोजनामा काठमाडौँको माइतीघरबाट सुरु भएको विरोध प्रदर्शनमा अन्य भ्रातृ संस्थाका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।
उनीहरुले ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार, दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, कठै अख्तियार, नेकपासामु लम्पसार’ जस्ता नारा लगाएका थिए ।

माइतीघबाट सुरु भएको विरोध र्याली नयाँबानेश्वरसम्म पुगेको थियो । यसैगरी तरुण दलले देशैभरका जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर काँग्रेस उपसभापति विजय गच्छदारविरुद्ध मुद्दा दायर गरिएको भन्दै काँग्रेस आन्दोलित छ ।
काँग्रेसको निर्देशनमा उसको भ्रातृ संस्थाहरु अख्तियारको कदमविरुद्ध सडकमा उत्रिएका हुन् । काँग्रेस यसको विरुद्धमा संसद पनि अवरुद्ध गर्दै आएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण