शोभाकान्त ढकालको घरमा बम बिस्फोट गर्ने गोरखाका भट्ट पक्राउ
आइतबार, २६ माघ २०७६, २१ : ५८
काठमाडौ । भूमाफिया शोभाकान्त ढकालको काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको घरमा बम विस्फोट गराउने एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोरखाका कपिल भट्टलाई पक्राउ गरेको हो ।
भट्ट प्रतिबन्धित विप्लव समूहका गन्डकी प्रदेश ब्यूरो इन्चार्ज हुन् । घटनामा थप सम्लग्न व्यक्तिहरुको खोजी कार्य भैरहेको महाशाखा स्रोतले जनाएको छ ।
ढकाल बालुवाटार जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । ढकालको घरमा माघ १ गते बम बिस्फोट भएको थियो । सोही दिन बालुवाटारमा पनि बम भेटिएको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण