अष्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा
अष्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा भएको छ जसका कारण बाढीको स्थिती पैदा भएको छ ।
राष्ट्रिय मौसम विभागले पछिल्लो चार दिनमा ३९१.६ मिलीमिटर वर्षा भएको र यसले विनासकारी बाढीको स्थिती पैदा हुनसक्ने चेतावनी दिएको छ ।
करिब एक लाख घरमा बिजुती आपूर्ती बन्द भएको छ ।
यद्यपि, उक्त वर्षाले केही महिनाअघि देखि लागिरहेको दुई ठूला डढेलो भने निभाउन सफल भएको छ ।
साओलह्याभेन शहरमा कुरोवान डढेलो ७४ दिनसम्म लागिरह्यो । जसका कारण पाँच लाख हेक्टर जमिन र ३ सय १२ घर जले ।
सिड्नीको उत्तर पश्चिमको गोस्पर माउन्टेनमा गत अक्टोबरदेखि लागेको डढेलोलाई नियन्त्रण नै गर्न नसकिने ठूलो डढेलोको संज्ञा दिइएको थियो ।
मौसम विज्ञान विभागले डढेलो लागेका स्थानमा बाढीको चेतावनी दिएको छ ।
न्यू साउथ वेल्समा अझै ३१ स्थानमा डढेलो लागिरहेको छ तर तीमध्ये कुनै पनि तत्कालका लागि भयानक छैनन् ।
विगत लामो समयदेखि खडेरीसँग जुधिरहेको उक्त स्थानमा वर्षा पछि राहत महसुस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण