राजेशले ल्याए ‘पाइला आफ्नै आफ्नै’
काठमाडौं – पुराना पत्रकार राजेश खनालद्वारा लिखित व्यक्तिवृत्त संग्रह ‘पाइला आफ्ना आफ्नै’ सार्वजनिक भएको छ । साहित्यिक संस्था सारांशद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल नाट्य संगीत प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले किताव सावएजनिक गरे ।
संग्रहमा विभिन्न क्षेत्रमा योगदान गरेका २१ ब्यक्तिका कथा पुस्तकमा समेटिएका छन् । लेखक खनाल भने हिमालय टाइम्स दैनिकमा कार्यरत छन् ।
कार्यक्रममा मुख्य अतिथि गणेश रसिकले कुनै समय चर्चामा रहेका तर समयक्रमसँगै ओझेलमा परेका व्यक्तिलाई पुस्तक मार्फत ल्याएर लेखकले न्याय गरेको बताए ।
‘पुस्तक लेख्ने काम आफैंमा जटिल विषय हो,’ उनले भने, ‘पुस्तकमा समेटिएका व्यक्ति परिचित भएपनि उनीहरुका बाहिर नआएका विषयलाई लेखकले पुस्तक महत्वपुर्ण हुनसक्छ ।’
पुस्तकमाथि टिप्पणी गर्दै हिमालय टाइम्स दैनिकका सम्पादक गोविन्द लुइँटेलले सरल र सबैले बुझ्ने भाषाशैलीमा लेखिएको पुस्तकमा समाजमा योगदान गरेका तर ओझेलमा परेका व्यक्तिहरु समेटिएको बताए । ‘२१ जना व्यक्तिमाथि लेखिएको पुस्तकको भाषाशैली निकै सरल र सटिक छ, बोधगम्य छ,’ उनले भन ।
पत्रकार प्रतीक प्रधानले पुस्तक लेखक खनालको लेखकीय शैलीको चर्चा गरेका थिए । साहित्यकार श्रीओम रोदनले खनालसँगको आफ्नो सम्बन्धको चर्चा गर्दै ढिलो गरे पनि पठनीय संग्रह आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण