नुवाकोटका जनप्रतिनिधिहरु भारत भ्रमणमा
काठमाडौं–नुवाकोट जिल्लाका २१ स्थानीय जनप्रतिनिधिहरु भारत भ्रमणमा गएका छन् । विपद् व्यवस्थापन,पुनःस्थापना तथा भूकम्प प्रतिरोधसम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले सहयोग पुर्याउने विश्वास लिइएको छ ।
भूकम्पपछि पुनर्निर्माणका बारेमा भारतीय मोडल अध्ययन अवलोकन गर्न जनप्रतिनिधिहरु फागुन २ गतेसम्म भारत भ्रमणमा रहने भारतीय दूतावासले जनाएको छ । भारत सरकारको सहयोगमा नुवाकोट जिल्लामा २३ हजार ८८ घरको पुनर्निर्माण भइरहेको छ ।
प्रतिनिधिहरुका लागि परियोजना सेवाहरूको लागि संयुक्त राष्ट्रसंघ कार्यालयले परिचयात्मक भ्रमणको आयोजना गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दुई नगरपालिकाका मेयर÷उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी छन् ।
भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानको पनि अवलोकन गर्नुको साथै दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीता मूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले क्वोर नामक संस्थाको पनि भ्रमण गर्नेछन् ।
इन्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजमा प्रतिनिधिहरुले भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै हेरिटेज एकेडेमीको पनि भ्रमण गर्ने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण