रोनाल्डोको गोल वर्षा जारी, हारबाट जोगियो युभेन्ट्स
क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स कोपा इटालिया कप फुटबलमा हारबाट जोगिएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युभेन्ट्सले १० खेलाडीमा समेटिएको एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो ।
मिलानको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मिलानले ६१ औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । मिलानका लागि एन्टी रेविकले गोल गरे । उनले स्यामुइल क्यास्टिलेजोको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा मिलान १० खेलाडीमा समेटिएको थियो । युभेन्ट्सका पाउलो डिबालालाई फल हानेपछि थियो हर्नान्डेजले दोहोरो पहेँलो (रातो) कार्ड पाएका थिए ।
त्यसपछि खेलमा दबदबा जमाएको युभेन्ट्सले ९० औँ मिनेटमा बराबरी गोल फर्कायो । रोनाल्डोको हेड प्रहारलाई मिलानका डेभिड कालाब्रियाले डिबक्स भित्र ह्यान्ड गरेपछि युभेन्ट्सले पेनाल्टीको अपिल गरेको थियो ।
रेफ्रीले भिएआरको सहायतामा युभेन्ट्सलाई पेनाल्टी दिए । जसलाई रोनाल्डोले सदुपयोग गर्दै टोलीको हार टारे । रोनाल्डोले सन् २०२० मा खेलिएका सबै आठ खेलमा गोल गरेका छन् । यसअघि रोनाल्डोले लिगमा भेरोनाविरुद्ध कीर्तिमानी लगातार १० खेलमा गोल गरेका
सेमिफाइनल खेलको दोस्रो लेग आगामी मार्च ५ तारिख युभेन्ट्सको मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण