अक्षय कुमार अब ‘ट्रिपल’ भूमिकामाः फोटो सेयर गर्दै भने, ‘बाफ रे बाफ’
बलिउडका एक्सन हिरो भनिने ‘खेलाडी’ अक्षय कुमार पछिल्लो वर्ष झैं यो वर्ष पनि थुप्रै फिल्ममा देखिने भएका छन् । जहाँ उनी मार्चमा ‘सूर्यवंशी’ मा देखिनेछन् भने त्यसपछि उनी ‘लक्ष्मी बम’ र ‘पृथ्वीराज’ फिल्ममा पनि मुख्य भूमिकामा देखिनेछन् । तर यसबाहेक पनि अक्षय कुमारले आफ्नो इन्स्टा ह्यान्डलमा एउटा तस्बिर सार्वजनिक गरेका छन् । यो तस्बिरमा उनी तीन भिन्न अवतारमा देखिनेछन् ।
तस्बिरको क्याप्सनमा उनले आफू चाँडै नै प्रशंसकका लागि अर्को एउटा मसालेदार र मनोरञ्जनात्मक चीजसहित प्रस्तुत हुने जानकारी दिएका छन् । यद्यपि, यो कुरा विज्ञापनसँग सम्बन्धित फोटो पनि हुनसक्ने अनुमान गरिएको छ ।
अक्षय कुमारले उक्त फोटो सेयर गर्दै लेखेका छन्, ‘एकभन्दा राम्रो दुई, दुईभन्दा राम्रो तीन...बाफ रे बाफ ।’
अक्षय कुमारको यो क्याप्सन देखेर प्रशंसकले यो उनको नयाँ फिल्मको हुनसक्ने अनुमान लगाएका छन् । क्याप्सनबाटै प्रशंसकले फिल्मको नाम ‘बाफ रे बाफ’ हुनसक्ने पनि अनुमान गरेका छन् ।
अक्षय कुमारको यो फोटोले सोसल मिडियामा धेरैको ध्यान आकर्षित गरेको छ । यद्यपि, अब अक्षय कुमारको यो तीन अवतारले कस्तो धमाका मच्चाउने हो भनेर हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण