कलेजका छात्रालाई अण्डरवेयर खोल्न लगाइएको आरोप
भारतको गुजरातस्थित भुज शहरमा एक कलेजका विद्यार्थी महिनावारी भए नभएको परीक्षण गर्न जबर्जस्ती अण्डरवेयर खोल्न लगाइएको आरोप लागेको छ ।
श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एएजीआई) का होस्टेल प्रमुखले प्रधानाध्यापकलाई केही युवतीले महिनावारीका बेला होस्टेलको धार्मिक परम्परा तोडेको बताएपछि छात्रामाथि यस्तो गरिएको जानकारीमा उल्लेख छ ।
प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि छात्राहरुलाई स्वामीनारायण सम्प्रदायको नियमबारे जानकारी दिँदै महिनावारी भएका विद्यार्थीलाई आफ्नो इच्छा अनुरुप अगाडि आउन भनियो ।
स्वामीनारायण सम्प्रदायको नियम अनुसार महिनावारीका बेला महिला मन्दिर र भान्छामा जान पाउँदैनन् ।
छात्राले उक्त घटनापछि आफूलाई मानसिक आघात पुगेको भन्दै यसका लागि जिम्मेवार व्यक्तिविरुद्ध कानूनी कारवाहीको माग गरिरहेका छन् ।
गुजरात राज्य महिला आयोगकी अध्यक्ष अंकोलियाले बीबीसी गुजरातसँगको कुराकानीमा आयोगको तर्फबाट चार व्यक्तिविरुद्ध पुलिसमा ऊजुरी दिइएको छ जसमा कलेजका प्रधानाध्यापक पनि समावेश छन् ।
राष्ट्रिय महिला आयोगले यो घटनाको अनुसन्धानका लागि एक समिति गठन गरेको छ जसले कलेजको भ्रमण गरेको छ ।
कलेज प्रशासनले यो घटनामाथि आपत्ति जताउँदै यसबारे अनुसन्धान गरिने र कसैको पनि गल्ती स्विकार्य नहुने बताएको छ ।
यद्यपि, कच्छ युनिभर्सिटीकी उप–कुलपतीले उक्त घटना कलेजको नभई होस्टेलको बताउँदै यसमा नियम तोड्ने छात्राहरुले माफी पनि मागेको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण