अमेरिकाका पूर्व राजदूतकी छोरीको छुरा प्रहारबाट व्यक्तिको मृत्यु, पक्राउ

अमेरिकाका पूर्व राजदूतकी छोरीको छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको छ ।
२७ वर्षे सोफिया नेग्रोपोन्टोलाई बिहिबार राती पक्राउ गरिएको हो । पुलिसका अनुसार उनले २४ वर्षे युसुफ रासमुसेनलाई विवादका बीच छुरामार्फत् हमला गरेकी थिइन् । वेस्ट मोन्टगोमेरी एभेन्यूको ४०० ब्लकमा रहेको घरभित्र उनीहरुको विवाद भएको थियो ।
नेग्रोपोन्टे जोन नेग्रोपोन्टेकी छोरी हुन् । जोन सन् २००७ – २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा संयुक्त राज्य अमेरिकाको उप–सचिवको रुपमा कार्यरत रहे । यसका साथै उनले विभिन्न देशका राजदूतको रुपमा पनि कार्यभार सम्हालेका छन् ।
मोन्टगोमेरी काउन्टी पुलिस र रकभिल पुलिसले बिहिबार राती करिब सवा ११ मा छुरा प्रहारसम्बन्धि जानकारी पाएको बताए । अधिकारीले रासमुसेनलाई गहिरो चोटसहित घरभित्रै पाएका थिए ।
रासमुसेनको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी दिएको छ । उनको शवलाई मेरिल्याण्डको चिफ मेडिकल इक्जामिनरको अफिसमा पोष्टमार्टमको लागि राखिएको छ ।
सोफियालाई प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?