अमेरिकाका पूर्व राजदूतकी छोरीको छुरा प्रहारबाट व्यक्तिको मृत्यु, पक्राउ
अमेरिकाका पूर्व राजदूतकी छोरीको छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको छ ।
२७ वर्षे सोफिया नेग्रोपोन्टोलाई बिहिबार राती पक्राउ गरिएको हो । पुलिसका अनुसार उनले २४ वर्षे युसुफ रासमुसेनलाई विवादका बीच छुरामार्फत् हमला गरेकी थिइन् । वेस्ट मोन्टगोमेरी एभेन्यूको ४०० ब्लकमा रहेको घरभित्र उनीहरुको विवाद भएको थियो ।
नेग्रोपोन्टे जोन नेग्रोपोन्टेकी छोरी हुन् । जोन सन् २००७ – २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा संयुक्त राज्य अमेरिकाको उप–सचिवको रुपमा कार्यरत रहे । यसका साथै उनले विभिन्न देशका राजदूतको रुपमा पनि कार्यभार सम्हालेका छन् ।
मोन्टगोमेरी काउन्टी पुलिस र रकभिल पुलिसले बिहिबार राती करिब सवा ११ मा छुरा प्रहारसम्बन्धि जानकारी पाएको बताए । अधिकारीले रासमुसेनलाई गहिरो चोटसहित घरभित्रै पाएका थिए ।
रासमुसेनको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी दिएको छ । उनको शवलाई मेरिल्याण्डको चिफ मेडिकल इक्जामिनरको अफिसमा पोष्टमार्टमको लागि राखिएको छ ।
सोफियालाई प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण