निर्भया काण्डः दोषीलाई छुट्टा छुट्टै फाँसीको सुनुवाईका बेला न्यायाधीस बेहोस
भारतीय सर्वोच्च अदालतले दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई चुनौती दिने दोषी विनय शर्माको पिटिशन खारेज गरेको छ । त्यसपछि निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्रको याचिकामाथि सुनुवाईको क्रममा न्यायाधीस आर भानुमति बेहोस भए । डायसमा बसेका अन्य न्यायाधीस र कर्मचारीको मद्दतले उनलाई तत्काल उनको चेम्बरमा पुर्याइएको भारतीय संचार माध्यमले बताएका छन् । त्यसपछि सुनुवाई स्थगित गर्दै बेन्चले यसको आदेश पछि दिइने जानकारी दिएको छ ।
सोलिसिटर जनरल तुषार मेहताले भने, ‘जस्टिस आर. भानुमतिलाई असाध्यै ज्वरो आएको थियो । उनको ज्वरो अहिले पनि घटेको छैन । चेम्बरमा डाक्टरले उनको परीक्षण गरेका छन् । तर्कहरु सुन्ने बेला पनि उनको स्वास्थ्य खराब थियो र उनी औषधी सेवन गरिरहेका थिए ।’
उपचारपछि भानुमतिको होश खुलेको स्रोतले बताएको छ ।
राष्ट्रपतिको निर्णयविरुद्ध दोषी विनयको याचिका खारेजः
यसअघि दोषी विनय शर्माको याचिकामाथि सुनुवाई गर्दै न्यायधीस आर भानुमति, न्यायाधीस अशोक भूषण र न्यायाधीस एएस बोपन्नाको बेन्चले भन्यो, ‘राष्ट्रपतिले विनयको याचिका खारेज गर्नु अघि उनको मेडिकल रिपोर्टसमेत सबै पक्ष र दस्तावेजको अध्ययन गरेका थिए ।’
सर्वोच्च अदालतले विनय मनोरोगी भएको दाबी पनि खारेज गरेको छ । अदालतले भन्यो, ‘दोषीको सामान्य स्वास्थ्य अवस्थाले नै उनी मानसिक रुपमा सामान्य भएको देखाउँछ ।’
निर्भयाकी आमाले भनिन्, ‘हामी आशा गुमाइरहेका छौं’
निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने मागको विषयमा केन्द्र र दिल्ली सरकारको याचिकामा सर्वोच्च अदालतले चारै दोषीलाई नोटिस जारी गरेर शुक्रबारसम्म जवाफ मागेका थिए । बिहिबार डेथ वारेन्टमा ढिलाइ भएपछि निर्भयाका आमा–बुवाले भनेका थिए, ‘ट्रायल कोर्ट डेथ वारेन्ट जारी गर्ने मुडमा छैन । हामी आफ्नो आशा गुमाइरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण