मानेको गोलमा लिभरपुल अझै अपराजित
३० वर्षपछि इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने होडमा रहेको लिभरपुलले अपराजित यात्रा अझै कायम राखेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १–० गोलले हरायो ।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता बनाएको छ । लिभरपुलको जितमा साडियो मानेले निर्णायक गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ७८ औँ मिनेटमा गोल गरेका थिए । ६०औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनको स्थानमा मैदान छिरेका माने जोर्डन हेन्डरसनको पासमा गोल गरेका थिए ।
लिभरपुलका लागि प्रिमियर लिगमा उनको यो ५७ औँ गोल थियो । वैकल्पिक खेलाडीका रुपमा भने उनको यो पहिलो गोल थियो ।
मानेले पछिल्लो समय चोटका कारणखेल्न सकेका थिएनन् । उनी दुई सातापछि मैदान फर्किएका हुन् । मध्यभागमा औसत प्रदर्शन गरेको नर्विचको गोल फर्काउने प्रयास सफल भएन ।
लिभरपुलले लिगमा पछिल्ला ११ मध्ये १० खेलमा गोल खाएको छैन ।
लिभरपुलको २६ खेलबाट ७६ अंक छ । लिभरपुलले हालसम्म २५ जित र एक बराबरीको नतिजा निकालेको छ ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ । सिटीले एक खेल कम खेलेको छ । लिभरपुलसँग पराजित नर्विच १८ अंक सहित अन्तिममा छ ।
अर्को खेलमा बर्नलीले साउथह्याम्पटनलाई २–१ गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण