‘फेरि छोरी जन्मिइ’ त्यसकारण आमाले एक दिनकी शिशुको छातीमा हँसिया घोपेर गरिन् हत्या
भारतको मध्य प्रदेशमा एक दिनको नवजात शिशुको शरीरमा धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको छ ।
पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँसिया प्रहार गरिन् । त्यसपछि पेट र गर्धनमा पनि हमला गरिन् । शिशु चिच्याएको सुनेर छिमेकी घटनास्थल पुगेपछि मात्रै उनले हमला गर्न रोकेको बताएको छ । मञ्जुले छोरा नजन्मिएका कारण यस्तो गरेको बताइन्छ ।
मञ्जुको परिवारले शिशुलाई जिउँदो देखेर उनलाई शाजापुर जिल्ला अस्पताल पुर्याए । सुरुवाती उपचारपछि डाक्टरले नवजातको इन्दौरको एमवाय अस्पताल पठायो । त्यहाँ जिन्दगी र मृत्युसँग जुधिरहेकी बालिकाको १४ फेब्रुअरीमा मृत्यु भयो ।
स्रोतका अनुसार शनिबार बिहान पुलिसले मञ्जू र उनका श्रीमानसमेत चार आफन्तलाई हिरासतमा लिएको थियो । थानाभित्र सोधपुछ गर्दा मञ्जु बेस्सरी रोइन् । छोरा नजन्मिँदा आफूले यस्तो गरेको उनले पुलिससमक्ष बयान दिइन् । मञ्जुकी पहिल्यै एक छोरी छिन् । त्यसपछि एकपटक गर्भपतन भएको बताइन्छ ।
मञ्जूले फेब्रुअरी १२ तारिखमा राती १२ः२५ मा अस्पतालमा बालिकालाई जन्म दिएकी थिइन् । रक्तश्राव भएका कारण डाक्टरले उनलाई शाजापुर रिफर गर्यो । फेब्रुअरी १४ बिहान १० बजे परिवारका सदस्यले अधुरो उपचार गरेर मञ्जुलाई त्यहाँबाट निकाले । त्यसपछि १३ फेब्रुअरी दिउँसो साढे ३ बजे अस्पताल फिर्ता भए । त्यतिबेला नवजात शिशु पूर्ण रुपमा घाइते थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण