शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नाडाको भन्सार, भीसीटीएस तथा कर सम्बन्धी प्रशिक्षण विराटनगरमा

आइतबार, ०४ फागुन २०७६, १३ : ०९
आइतबार, ०४ फागुन २०७६

काठमाडौं– नाडाको नयाँ नेतृत्वले तय गरेको वार्षिक कार्यक्रम अन्तर्गत नाडाले विराटनगरमा पनि भन्सार, भीसीटीएस तथा कर सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल र नाडाको संस्थागत एसोसिएशन मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएशनसँगको संयुक्त पहलमा प्रदेश नं १ विराटनगरमा ‘भन्सार, भीसीटीएस तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रमको सम्पन्न भएको हो ।

नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे र माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाडांैमा सम्पन्न गरेको थियो । नाडाका अनुसार यस्तो प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिने छ ।  

मोरङ अटोमोवाइल्स डिलर्स एसोसिएशनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ अटोमोवाइल्स डिलर्स एसोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कूल ४२ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । 

उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सीए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । 

सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथौं भएको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टितगरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । 

उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गर्नु भएको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो । 

नाडाका अनुसार २०७६ साल फागुन २ गते नाडा र नाडाका संस्थागत एसोसिएशनबीच संयुक्त बैठक पनि विराटनगरमा सम्पन्न भएको छ । त्यसैगरी २०७६ साल फागुन ३ गने नाडाको दोश्रो केन्द्रीय कार्य समितिको बैठक समेत विराटनगरमा सम्पन्न भएको छ ।                                            
                                                                     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप