रुपन्देहीमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
बुटवल । रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । आइतबार राती किशोरी बलात्कृत भएपनि घटना सोमबारमात्र बाहिर आएको हो ।
सम्मरीमाई गाउँपालिका ३ स्थित एक गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै बन्दै गरेको भवनमा लगेर ३ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पीडितका आफन्तले आज इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
बालिकाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । बालिकाका बुवा अस्वस्थ रहेका कारण उनको उपचारका लागि आमा–बुवा दुवै भारतको मुम्बईमा रहेका छन् । बालिकाका हजुरबुवा, एक बहिनी र भाई सँगै बस्दै आएकी छन् ।
बलात्कारमा संग्लन तीन युवक पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले रातोपाटीलाई बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन