रुपन्देहीमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
बुटवल । रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । आइतबार राती किशोरी बलात्कृत भएपनि घटना सोमबारमात्र बाहिर आएको हो ।
सम्मरीमाई गाउँपालिका ३ स्थित एक गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै बन्दै गरेको भवनमा लगेर ३ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पीडितका आफन्तले आज इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
बालिकाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । बालिकाका बुवा अस्वस्थ रहेका कारण उनको उपचारका लागि आमा–बुवा दुवै भारतको मुम्बईमा रहेका छन् । बालिकाका हजुरबुवा, एक बहिनी र भाई सँगै बस्दै आएकी छन् ।
बलात्कारमा संग्लन तीन युवक पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले रातोपाटीलाई बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण