देशलाई प्रतिक्रियावादीहरुको हातमा जान नदिन पार्टी एकता भएको हो : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुको हातमा देशलाई जान नदिन पार्टी एकता भएको बताएका छन् । उनले पार्टी एकता रातारात नभएको भन्दै यो लामो छलफल र गृहकार्यपछि मात्र सम्भव भएको बताए ।
मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेता र कार्यकर्ता, जनता र कार्यकर्ता तथा जनता र सरकारबीच भ्रम छर्न प्रतिक्रियावादी शक्तिहरु लागिपरेको सूचना आफूले पाएको पनि बताए । तर, प्रतिक्रियावादीहरुको त्यो त्यो प्रयास कुनै पनि हालतमा पूरा हुन नसक्ने बताए ।
बैठकमा सहभागी कर्णाली प्रदेशका एक नेताका अनुसार प्रचण्डले पार्टी एकताको आधार तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धदेखि नै तयार भएको बताएका थिए ।
‘पार्टी एकताको आधार जनयुद्धकालदेखिनै तयार भएको हो । त्यसको साक्षी कमरेड माधव नेपाल हुनुहुन्छ । १२ बुँदे समझदारी हुँदा पनि पूर्व एमाले र माओवादीले आधारपत्र तयार पारेपछि अन्य दलसँग मिलेर अन्तिम रुप दिइएको थियो’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने ।
उनले सीमा विवाद समाधानका लागि सरकार कूटनीतिक च्यानबाट सशक्त रुपमा आफ्नो कुराहरु राख्ने स्पष्ट पार्दै पार्टी बैठकले कालापानीसहितको नक्सा छापेर बाहिर ल्याउने निर्णय गरिसकेको समेत बताए ।
प्रचण्डले एमसीसीबारे गठित कार्यदलको छिट्टै रिपोर्ट पार्टीलाई बुझाउने र सो रिपोर्ट जनताकै पक्षमा हुने समेत स्पष्ट पारे । प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा लगायतको पनि सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण