अनि उनी चीनमै रोकिए...
गत आइतबार बिहान चीनको हुबेई प्रान्तबाट एक सय ७५ नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले उद्धार गरेर नेपाल ल्यायो । उनीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ ।
नेपालमा रहेका अभिभावक चीनमा रहेका आफन्तलाई कोरोना भाइरस लाग्ला भन्ने चिन्तामा थिए । तीन साताभन्दा लामो समयदेखि हुबेई प्रान्त लक्डडाउन भएकाले नेपालीहरु कोठाबाट बाहिर हिँडडुल गर्न तथा कतै आउजाउ गर्न पाएका थिएनन् । उनीहरु मानसिक तनावमा थिए । नेपाल सरकारले हुबेईबाट विद्यार्थीलाई उद्धार गरेर फर्काएकोमा आफन्तहरु खुसी छन् । फर्केर आउनेहरु पनि फुरुंग परेका छन् । त्यस्तो खुसी सबैमा छाउन भने सकेन । हुबेइएको ऊहान विमानस्थनलबाट ६ जना नपाली भने स्वदेश आउन पाएनन् ।
उनीहरु चीनमै रोकिनुको विस्तृत कारणबारे ऊहानमा चिकित्साशास्त्र अध्ययन गरिरहेको र हाल उद्धारमा खरिपाटीमा आएर क्वारेन्टाइमा बसेका एकजना व्यक्तिले जनआस्थालाई बताएका छन् । ऊहान विश्वविद्यालयमा चिकित्साशास्त्रमा पिएचडी गरिरहेका विगेशमान शाक्य ऊहान विमानस्थलमा आफ्नी श्रीमती र छोरीसहित रोकिए । उनी ऊहान विश्वविद्यालयमा चीनमा चिकित्साशास्त्रमै पिएचडी गर्दै छन् । उनकी श्रीमती पनि त्यहीँ एमडी गर्दै छिन् । उनीहरुकी २२ महिनाकी छोरी पनि थिइन् । बसोबास क्षेत्रबाट विमानस्थल जानु अगाडि पनि उनीहरुमा ज्वरो छ कि छैन भनेर चेकजाँच गरिएको थियो । सबै समान्य नै थियो । तर, विमानस्थलमा गएर लगेज उठाइसकेपछि सुरक्षा जाँचमा जानुअगाडि ज्वरो जाँच गर्दा विगेशमानको तापक्रम ३७.६ डिग्री सेल्सियस देखायो । चीनले कोरोना भाइरसको संक्रमण बढेपछि ३७.१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनेहरुलाई विमानस्थलबाट अन्यत्र जान दिँदैन ।
विगेशमानकी श्रीमती र २२ महिनाकी छोरी त चेकजाँचमा सफल भएर विमानतिर गइसकेका थिए । उनको एकपटक श्रीमती र छोरीलाई भेट्छु भनेपछि विमानस्थल प्रशासनले ‘ए छोरी र श्रीमती पनि छन् ?’ भन्दै सुरक्षा जाँचबाट भित्र पसिसकेका श्रीमती र छोरीलाई पनि फर्काइदियो ।
चिनियाँ प्रशासनले श्रीमती र छोरीलाई त्यसरी फर्काउनुको कारण चाहिँ कथंकदाचित विगेशमानमा कोरोना संक्रमण भएमा उनीसँगै रहेका श्रीमती र छोरीमा पनि हुन सक्ने शंका भएकाले हो ।
यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण