नेपालको पत्रिकाको समाचारप्रति आपत्ति जनाउँदै चिनियाँ दूतावासले भन्यो, ‘चीन विरोधी शक्तिको ‘सुगा’ बनेर सीमा नाघे’
नेपालस्थिति चिनियाँ दूतावासले एक दैनिक पत्रिकामा प्रकाशित एउटा लेखप्रति गम्भिर आपत्ति जनाएको छ ।
दूतावासले पत्रिकाको लेखप्रति असन्तुष्टि जनाउन एउटा विज्ञप्ति नै निकालेको छ ।
विज्ञप्तिमार्फत् फेब्रुअरी १८(फागुन ६)मा उक्त अंग्रेजी दैनिक पत्रिकामा प्रकाशित एउटा समाचारमा रहेको तस्विरप्रति विशेष असन्तुष्टि जनाइएको छ ।
त्यस तस्विरमार्फत् पत्रिकाले नियतवस चिनियाँ सरकार र कोरोनाभाइरसविरुद्धको उसको संघर्षप्रति नकारात्मक सन्देश सम्प्रेषण गरेको दूतावासले बताएको छ ।
अझ त्यस फोटोमार्फत् चिनियाँ राजनीतिक प्रणालीमाथि नै आक्रमण भएको आफूहरुको ठम्याइँ रहेको दूतावासले विज्ञप्तीमा बताएको छ ।
विज्ञप्तिमा गम्भीर रुपमा लिएको कोरोनाभाइरस प्रकोप नियन्त्रण गर्न चिनियाँ सरकारले हरसम्भव प्रयास गरिरहेको अवस्थामा केही पश्चिमी मिडियाले महामारीलाई राजनीतिकरण गर्दै चीनको राजनीतिक प्रणालीमाथि आक्रमण गरिरहेको भनिएको छ । र, समाचार प्रकाशित गर्ने पत्रिकाका सम्पादक सोही उद्देश्यमा लागेको आरोप दूतावासको छ ।
महामारीको समयमा आम नेपाली जनता र नेपाल सरकारको सकारात्मक धारणा रहेको र त्यसप्रति आफूहरु कृतज्ञ रहेको उल्लेख गर्दै दूतावासले पत्रिकाका प्रधान–सम्पादकको आलोचना गरेको छ ।
‘पत्रिकाका प्रधान–सम्पादक चीनसँग जोडिएका मुद्दाप्रति सधैं पूर्वाग्रही रहँदै आएका छन् । यस पटक उनले तथ्यको बेवास्ता गर्दै चीनविरोधी शक्तिको ‘सुगा’ बनेर सीमा नाघे,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण