ट्रम्पको तीन घण्टा लामो भ्रमणमा ८५ करोड भारतीय रुपैयाँ स्वाहा
गुजरात । भारतको गुजरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प आगामी सोमबार गुजरात आउँदैछन् । दुई दिवसीय भारत भ्रमणको सुरुवात ट्रम्पले गुजरातबाट गर्दैछन् ।
ट्रम्पले गुजरातको राजधानी अहमदावादस्थित विश्वकै ठूलो क्रिकेट स्टेडियम उद्घाटन गर्ने कार्यक्रम छ ।
गुजरातका सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार गुजरातमा ट्रम्प करिब तीन घण्टा रहनेछन् । ट्रम्पको तीन घण्टे भ्रमणका लागि अहमदावाद सहरलाई सजाउन, सडक पिच गर्न, सुकुम्बासीहरुको झुपडी रहेको बस्तीलाई सडक किनारमा ७ फिट अग्लो पर्खाल बनाएर ढाक्ने लगायतका काम गर्न गुजरात सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको छ ।
८५ करोड रुपैयाँको करिब आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च गरिदैँछ । ट्रम्पको भ्रमण अवधिको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहने जनाइएको छ ।
ट्रम्पको सवारी मार्गमा पर्ने क्षेत्रलाई सजाउनका लागि ६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै सांस्कृतिक कार्यक्रमका लागि ४ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।
अहमदावाद नगर निगमका आयुक्त विजय नेहरालाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार ट्रम्पले उद्घाटन गर्ने स्टेडियमसम्म पुग्ने सडक चौडा गर्न र अन्य पूर्वाधान निर्माणका लागि ३० करोड रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण