बाँके र बर्दिया अहिल्यै कर्णाली प्रदेशमा आइहाल्दैन : प्रचण्ड
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशको विकासका निम्ती सरकार र आफ्नो पार्टीले विशेष रुपमा सोच्ने बताएका छन् ।
बुधबार सुर्खेतमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी, सरकार र प्रदेश सभाकाबीचमा सम्भावना र समस्याका बारेमा छलफल भएपछि समाधानका लागि उपाय निकाल्ने बताएका हुन् ।
केन्द्रीय नीति अनुसार पार्टीको प्रशिक्षण तथा बैठकका लागि सुर्खेत पुगेका प्रचण्डले प्रदेश सरकारले कर्मचारी भर्ना गर्न ऐन बनिरहेकाले चाडै कर्मचारीको समस्या समाधान हुने बताए ।
अध्यक्ष प्रचण्डले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा विभिन्न प्रदेशमा प्रदेशको भौगोलिक संरचना नै फेरवदल गर्ने हो कि भनेर प्रश्न उठ्ने गरेको भन्दै प्रदेशहरुको अहिले रहेको वनावट सधै त्यस्तै रहन्छन् भन्ने ग्यारेन्टी संविधानले नगरेकाले परिवर्तन हुन सक्ने बताए ।
‘प्रदेशहरुको अहिले जुन भुगोल र वनाट छ । त्यो त्यही रहिरन्छ भन्ने संविधानले ग्यारेन्टी गरेको कुरा होइन । आवाश्यक्ता अनुसार जनताको चाहना अनुसार तिनमा परिमार्जन हुनसक्छ । तर अहिले भर्खर बाँके वर्दिया कर्णाली प्रदेशमा आइहाल्छ भन्ने पनि होइन’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण