जर्मनीमा दुई स्थानमा गोलीबारी, कम्तीमा ८ को मृत्यु
जर्मनीको हनाऊ शहरमा दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा पाँचजना घाइते भएको बताइन्छ ।
घटनाको जानकारी जर्मनीको स्थानीय मिडिया रिपोर्टबाट प्राप्त गरिएको हो ।
रिपोर्टका अनुसार कुनै अज्ञात हमलाकर्ताले शहरको शिशा बारमा गोली चलाए । हनाऊ नजिकै केसेल्ताद इलाकाको अर्को शिशामा पनि गोलीबारीको जानकारी आएको छ ।
पुलिसले बीबीसीलाई दिएको जानकारी अनुसार बन्दुकधारीले स्थानीय समयानुसार राती १० बजे गोली चलाए ।
पुलिस अधिकारी र हेलिकोप्टरको मद्दतले दुई इलाकाको सुरक्षा गरिँदै छ ।
स्थानीय जर्मन सञ्चारमाध्यम हेसेनशाउका अनुसार पहिलो गोलीबारीको तीनजना मारिएको र दोस्रो गोलीबारीमा पाँचजनाको ज्यान गएको हो ।
जर्मन पत्रिका बिल्डका अनुसार अधिकारीले संदिग्ध हमलाकर्ताले गोलीबारी गरेर फरार रहेको जानकारी दियो ।
हमलाकर्ताको उद्देश्य के थियो, त्यो अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ।
हनाऊ जर्मनीको हेसेन राज्यको एउटा शहर हो जुन फ्रेंकफर्टबाट पूर्वमा करिब २५ किलोमिटर टाढा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण