‘सेन्टी भाइरस’को नयाँ गीत ‘ए नि लै’
काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत ‘ए नि लै’ सार्वजनिक भएको छ ।
लिरिकल भिडियो सहित सार्वजनिक गीतमा को रुपमा सार्वजनिक गीत सुशान्त गौतमको स्वर रहेको छ । हर्क साउद शब्दको शब्द रहेको गीतको संगीत सुशान्त गौतमले नै गरेका हुन् ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा श्रीमान् श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने समस्या बिषय बनाइएको छ ।
‘धुर्मुस’ र ‘सुन्तली’कै मुख्य भुमिका रहेको फिल्ममा बुद्धी तामाङ, विल्सन बिक्रम राई, सन्दीप क्षेत्री, दयाहाङ राई, राजाराम पौडेल, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।
सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मो हुन् ।
कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण