जापान र इरानमा कोरोनाभाइरस संक्रमित दुई–दुई जनाको मृत्यु
एजेन्सी । जापानी समुन्द्री किनारमा रोकिराखेको ‘डाइमण्ड प्रिन्स’ क्रुज जहाजमा रहेका दुई वृद्ध यात्रुको मृत्यु भएको छ । मर्नेमा एक पुरुष र अर्को महिला रहेको र दुवैजना ८० भन्दा बढी उमेरका रहेको बताइएको छ ।
जापानी समाचार संस्था क्वोडो र एनएचकेले सरकारी स्रोतलाई उदृत गर्दै समाचारको पुष्टि गरेका छन् । तिनका अनुसार मृतक दुवै जापानी नागरिक हुन् र तिनमा पुरुषको उमेर ८७ छ, भने महिलाको ८४ ।
दुवै व्यक्तिमा पहिलेदेखि विमारी रहेको पनि चिकित्सकले बताएका छन् । डाइमण्ड प्रिन्समा सवार व्यक्तिमा कोरोनाभाइरस देखिएपछि उक्त विशाल क्रुज जहाजलाई क्वारेन्टाइनमा राखिएको छ ।
सुरुमा जहाजमा रहेका ३७ सय विरामीमध्ये ६२० मा कोरोनभाइरस देखिएको थियो । जहाजमा रहेका अष्ट्रेलिया, अमेरिका, क्यानडा र हङकङका नागरिकलाई भने एयरलिफ्ट गरिएको छ ।

यता, इरानमा पनि कोरोनाभाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ । मध्यपूर्वमा यस रोगबाट कसैले ज्यान गुमाएको यो पहिलो घटना हो । राजधानी तेहरानबाट दक्षिणमा रहेको कोमसहरमा दुई वृद्धको मृत्यु भएको हो । उनीहरुको उमेर र लिङ्ग के थियो भन्ने खुलाइएको छैन । हालसम्म यो रोगबाट २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण