जापान र इरानमा कोरोनाभाइरस संक्रमित दुई–दुई जनाको मृत्यु
एजेन्सी । जापानी समुन्द्री किनारमा रोकिराखेको ‘डाइमण्ड प्रिन्स’ क्रुज जहाजमा रहेका दुई वृद्ध यात्रुको मृत्यु भएको छ । मर्नेमा एक पुरुष र अर्को महिला रहेको र दुवैजना ८० भन्दा बढी उमेरका रहेको बताइएको छ ।
जापानी समाचार संस्था क्वोडो र एनएचकेले सरकारी स्रोतलाई उदृत गर्दै समाचारको पुष्टि गरेका छन् । तिनका अनुसार मृतक दुवै जापानी नागरिक हुन् र तिनमा पुरुषको उमेर ८७ छ, भने महिलाको ८४ ।
दुवै व्यक्तिमा पहिलेदेखि विमारी रहेको पनि चिकित्सकले बताएका छन् । डाइमण्ड प्रिन्समा सवार व्यक्तिमा कोरोनाभाइरस देखिएपछि उक्त विशाल क्रुज जहाजलाई क्वारेन्टाइनमा राखिएको छ ।
सुरुमा जहाजमा रहेका ३७ सय विरामीमध्ये ६२० मा कोरोनभाइरस देखिएको थियो । जहाजमा रहेका अष्ट्रेलिया, अमेरिका, क्यानडा र हङकङका नागरिकलाई भने एयरलिफ्ट गरिएको छ ।
यता, इरानमा पनि कोरोनाभाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ । मध्यपूर्वमा यस रोगबाट कसैले ज्यान गुमाएको यो पहिलो घटना हो । राजधानी तेहरानबाट दक्षिणमा रहेको कोमसहरमा दुई वृद्धको मृत्यु भएको हो । उनीहरुको उमेर र लिङ्ग के थियो भन्ने खुलाइएको छैन । हालसम्म यो रोगबाट २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक
-
गाजामा थप एक बन्धकको शव फेला
-
अधिवेशनमा लफडा भएपछि युवा सङ्घ कास्कीको संयोजक केन्द्रले तोक्यो
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची