मन्त्री बाँस्कोटाको भ्रष्टाचारको जिम्मेवारी प्रधानमन्त्रीलाई लिन माग
काठमाडौं । नेपाली काँग्रेसले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको बर्खास्त गर्न माग गरेको छ । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली काँग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले बाँस्कोटाले गरेको भ्रष्टाचारको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने माग गरिन् ।
उनले यसबारेमा प्रधानमन्त्रीले संसदको रोष्टममा आएर जानकारी गराउनुपर्ने बताउँदै भनिन्– ‘मन्त्रीको राजीनामाले मात्रै पुग्दैन, भ्रष्टाचारको दायरामा ल्याएर कानूनी कारवाही नगरेसम्म सदन चल्न दिँदैनौं ।’ उनले जनताको करबाट ७० करोड भ्रष्टाचार गरेको विषय सामान्य नभएको बताउँदै कडा कारवाहीको माग गरिन् ।
सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि काँग्रेसले सदनमा कुरा उठाएको हो । उनले प्रधानमन्त्रीले स्वंयमले भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भनेकोमा आज मन्त्रिपरिषदको सदस्य नै भ्रष्टाचारमा लिप्त हुनु आश्चर्यको विषय भएको बताइन् । उनले यसले राष्ट्रिय राजनीति नै दूषित बनाएको बताउदै स्वीस एजेन्टसँगको मन्त्री बाँस्कोटाको कुराकानीको प्रमाण आम जनताले हेरिसकेको बताइन् ।
भुसालले भनिन्– ‘प्रधानमन्त्रीले मैले अब्बल दर्जाको सञ्चारमन्त्री पाएको पटक पटक भन्नु भ्रष्टाचारमा अब्बल भएकोले रहेछ । प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता लिन्छु भनेर यो संसदको रोष्टमबाट भनेको धेरै भएको छैन । यो प्रतिपक्षको पहिलो माग हो । अब प्रधानमन्त्रीबाट तुरुन्त सञ्चारमन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस् । यो भ्रष्टाचारको मुद्धा एउटा मन्त्रीको मात्र नभएर मन्त्रिपरिषदको नै भइसकेको छ ।’
उनले मन्त्री बास्कोटालाई बर्खास्त गरेको कुरा संसदमा आएर जानकारी गराउन पनि आग्रह गरिन् । उनले बालुवाटार काण्ड जस्तै राजीनामा दिएको आधारमा कारवाही गर्दिन भन्न नपाउने बताउदै तथस्त रुपमा छानविन गरेर कानूनी दायरामा ल्याउन आग्रह गरिन ।
सभामुख अग्नि सापकोटाले मन्त्री बास्कोटाले राजिनामा दिइसकेको र औपचारिक पत्र आउँन बाँकी रहेकोले सदन चल्न आग्रह गरेका थिए । कांग्रेसले अवरोध गरेपछि उनले अर्को बैठक फागुन १३ गते बस्ने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य