लेस्टरमाथि सिटीको कठिन जित
लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थान बलियो बनाएको छ । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटीले लेस्टरलाई उसैको मैदानमा १–० गोलले हरायो ।
सिटीको कठिन जितमा बैकल्पिक खेलाडी ग्याब्रियल जेसस नायक बने । जेससले ८०औं मिनेटमा रियाद महारेजको पासमा गोल गरेका थिए । उनी ७७औं मिनेटमा सर्जियो अग्युरोको स्थानमा मैदान छिरेका थिए ।
घरेलु टोलीलाई दबाबमा राखेपनि सिटीलाई गोल फर्काउन अन्तिमसम्म कुर्नु परेको थियो । यसअघि ६०औं मिनेटमा सिटीले पेनाल्टीको मौका पाएपनि सदुपयोग गर्न सकेन । इकेए गुन्डोगानको कर्नरलाई लेस्टरका डेनिस पाएटले ह्यान्ड गरेपछि भिएआरको सहायतामा सिटीलाई पेनाल्टी दिईएको थिया । सर्जियो अगुइरोको उक्त पेनाल्टी प्रहारलार्ई लेस्टरका गोलरक्षक कस्पर स्केमिचेलले सजिलै विफल पारेका थिए । लेस्टर पनि घरेलु मैदानमा राम्रा अवसर गुमाउँदा हार खेप्न बाध्य भयो ।
जितसँगै दोस्रो स्थानमा रहेको साविक विजेता सिटीले २७ खेलबाट ५७ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको लेस्टरको ५० अंक छ । एक खेल कम खेलेको लिभरपुल ७६ अंक सहित शीर्ष स्थानमा छ । आइतबार रातिनै भएको अन्य खेलमा बर्नलीले बर्नमाउथलाई ३–०, क्रिस्टल प्यालेसले न्युक्यासल युनाइटेडलाई १–० र साउथह्याम्पटनले एस्टन भिल्लालाई २–० गोलले पराजित गरेको छ । सेफिल्ड र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण