‘सरकार परिवर्तनबारे सोचेको पनि छैन’
आइतबार, ११ फागुन २०७६, १४ : ५३
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरुको प्रश्नमा अध्यक्ष प्रचण्डले आफूहरुले अहिले सरकार परिवर्तनबारे नसोचेको बरु केही मानिस र मिडियाहरुले गलत प्रचार गरेको बताए । ‘त्यो कुरा अहिले कुनै एजेण्डा पनि होइन, कसैले सोचेको पनि छैन’, प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आफ्नो पदमा बस्ने इच्छा नभएको बताउनु भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँले कुन सन्दर्भमा भन्नुभयो तर पटक पटक नै म सधैका लागि बस्ने होइन त भनिरहनुभएको छ ।
त्यस क्रममा प्रचण्डले प्रदेश २ को सरकार परिवर्तनका सन्दर्भमा विभिन्न पार्टीहरुसँग छलफल जारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण