टर्कीमा आएको भूकम्पमा परी ७ जनाको मृत्यु (अपडेट)
आइतबार, ११ फागुन २०७६, १६ : ११
एजेन्सी । टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीनजना बालबालिका रहेका छन् । भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।
उनले भूकम्पपछि भत्किएका भौतीक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको पनि जानकारी दिए । पुरिएकाको खोजीकार्य भइरहेको पनि उनले बताए । छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो । Photo: aljazeera/Getty Images
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण