४ शेर्पाले पाँच दिनमा सगरमाथा आरोहण गर्ने (भिडियो सहित)
काठमाडौँ । चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको आरोहण गर्ने भएका छन् ।
संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोही शेर्पाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन् ।
आठपटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथा तर्फ लागेको छ ।
आरोही टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालमा खिच्न विन्टर सिजन अर्थात जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताए ।
उनले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभएपनि निकै छोटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहायोग पु¥याउन खोजिएको बताए ।
आरोही शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा विरलै हुने गरेको र यसअघि सन् १९८० र सन् १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताए । तर यसपटक आफूहरुले यही फेब्र्ुअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण