राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथ चन्द नगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीका तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उनले बताए । यसअघि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउन लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण