प्रधानमन्त्री ओलीद्वारा काँग्रेसको कडा आलोचना, दिए कुखुराका चल्लाको संज्ञा
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्माओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको कडा आलोचना गरेका छन् । गैरविषयलाई लिएर काँग्रेसले सरकारको आलोचना गरेको प्रधानमन्त्री ओलीको आरोप छ ।
‘केही न केही नाममा आलोचना । दौराको रंग मिलेन भनेर । गैरविषयलाई अङ्ग्रेजीमा नन इस्यू भन्छन् नि,’ सोमबार पोखरामा आयोजित गोप्य प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले भने, ‘कुखुराको एउटा चल्लाले के टिपेर कुना लाग्छ, अरुलाई के टिप्यो थाहा छैन, पछि लाग्छन्, यहाँ यस्तै भएको छ ।’ प्रतिपक्षी भएको देखाउनकै लागि काँग्रेसले विरोध गरेको उनको आरोप छ । विरोधको विषयबिना नै काँग्रेस दिनदिनै माइतीघर गएको उनले आरोप लगाए ।
फरक प्रसंगमा, कम्युनिष्टहरुको इतिहास लामो समयदेखि फरक–फरक विचार बोकेका पार्टीबीच एकता गर्दै विश्वकै कम्युनिष्ट आन्दोलन, प्रगतिशील आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनसँग जोडिएको उनले बताए । यसबाट अरु आन्दोलनले पनिे शिक्षा लिन सकिने उनको भनाई छ ।
कम्युनिष्ट सरकार असफल भयो भने आन्दोलन उग्र हुने बताउँदै सरकार असफल नहुने उनले जिकिर गरे । आन्दोलन असफल भए जनतामा निराशा आउने र देश दक्षिणपन्थमा जानसक्ने बताउँदै ओलीले दक्षिणपन्थतिर आन्दोलनलाई जान नदिन सही बाटो हिन्न सबैलाई आग्रह गरे । उनले देशको लागि मात्रै नभएर विश्वकै लागि पनि सही बाटो समातेर हिड्नु पर्नेमा जोड दिए । ‘हामीले सही बाटो समातेका छौं,’ उनले भने, ‘कम्युनिष्टहरु आगामी दिनमा एकताबद्ध भएर जानुपर्छ यो बाटोलाई हामी छोड्दैनौं ।’
देशीविदेशी प्रतिक्रियावादीहरुको हमलालाई परास्त गरेर अहिलेको अवस्थामा आफूहरु आइपुगेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अझ अघि जान सक्छौँ । यो असाधारण प्रयास र सही नीतिका कारण हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण