फागुन १८ गते आउँदैछन् नेपालका लागि भारतीय राजदूत
काठमाडौं–नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ (मार्च १) गते नेपाल आउने भएका छन् ।
पुसको अन्तिम साता भारत सरकारको मन्त्रिपरिषद्ले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो । फ्रान्सबाट भारत फर्किपछि नेपाल आउन प्रक्रिया पूरा गर्न समय लागेको कारण एक महिना ढिलाइ भएको हो ।
भारतीय दूतावास स्रोतका अनुसार उनी फागुन १८ मा नेपाल आइपुग्ने छन् र फागुन १९ देखि आफ्नो कार्यभार सम्हाल्ने छन् ।
उमेर हदका कारणले तत्कालीन भारतीय राजदूत मञ्जिभसिंह पुरीले समय अगावै डिसेम्बरमा अनिवार्य अवकाश प्राप्त गरी भारत फर्केपछि नेपालमा कार्यवाहक राजदूतको रुपमा अजय कुमारले पदभार सम्हाल्दै आएका छन् ।
सन १९८८ देखि भारतीय विदेश मन्त्रालयबाट सेवा शुरु गरका क्वात्रा पहिला थर्ड सेक्रेटरी र त्यसपछि सेकेन्ड सेक्रेटरी भएपछि सन् १९९३ मा जेनेभा मिसनमा गएका थिए ।
त्यसअघि उनी भारतीय विदेश मन्त्रालय, मन्त्री कार्यालयको ज्वाइन्ट सेक्रेटरी, अमेरिकाका लागि वासिंगटनडिसी स्थित भारतीय राजदुतावासमा मे २०१० देखि २०१३ सम्म उच्च तहको अधिकारीका रुपमा काम गरेका थिए ।
उनी सन् २०१७ अगस्तदेखि फ्रान्सको राजदूतमा नियुक्त भएका थिए । उनलाई नेपाल ममिलाका जानकार मानिन्छ । फ्रेन्च, अंग्रेजी, हिन्दी, चाइनिज भाषा बोल्न सक्ने उनीसँग सन् २००३ र २००६ का बीचमा चीनको बेइजिङ्ग स्थित भारतीय राजदूतावासमा काउन्सलरका रुपमा काम गरेको अनुभव छ। उनले सन् २००६ देखि २०१० सम्म नेपालमा रहेको सार्क सचिवालयमा समेत काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण