क्षमतानुसार उत्पादन हुन सकेन पानी
नेपाल खानेपानी संस्थानले चार वर्ष पहिले पनौतीमा शुरु गरेको प्याकिङ पानी वितरणले क्षमतानुसार उत्पादन दिन सकिरहेको छैन ।
यस ठाउँमा दैनिक ५०० जार पानी उत्पादनको क्षमता भए पनि कार्यालय साँघुरो हुँदा दैनिक २०० जारका हाराहारीमा पानी उत्पादन भइरहेको छ । संस्थानले देशका अरु स्थानबाट समेत प्याकिङ पानी उत्पादन गरी बिक्री गर्ने योजना बनाइरहँदा सञ्चालनमै रहेको ‘वाटर प्लान्ट’ भने खुम्चिएको छ ।
सरकारीस्तरबाट पानी बिक्रिवितरण गर्ने पहिलो आयोजना भएपनि यसलाई बिस्तार गर्न नसकिएको संस्थानले जनाएको छ । नगरपालिकाले सो आयोजनाका लागि झण्डै सात रोपनी क्षेत्रफलको जग्गा दिएकामा अहिले कार्यालय सात आनामा सीमित छ । आयोजनाको जग्गामा अतिक्रमण गरेर सुकुम्वासीले घरलगायतका संरचना बनाउँदा आयोजना खुम्चिएको इञ्जिनीयर रामचन्द्र लामिछाने बताए ।
खानेपानीको उत्पादनसँगै त्यसको प्याकिङमा समस्या रहेको इञ्जिनीयर लामिछानेले बताए । जारलाई भण्डारणका लागि आबश्यक स्थानको अभाव हुँदा त्यसलाई विस्तार गर्न नसकिएको हो । सो आयोजना विसं २०६७÷६८ मा अध्ययन भएर विसं २०७४÷७५ मा सञ्चालनमा आएको हो । आयोजनाबाट दैनिक २६५ जार उत्पादन भइरहेको छ । पानी परीक्षण प्रयोगशालामा दैनिक परीक्षणपछि मात्रै पानी वितरण हुने गरेको छ । बजारमा जार तथा बोतलको पानीको मागलाई सम्बोधन गर्नेसँगै आफ्नो आर्थिक स्थिति सुधारका संस्थानले प्रशोधित पानी बिक्री वितरणको नमूनाका रुपमा पनौतीमा शुरु गरेको थियो । संस्थानले आफ्नै गाडीबाट पानी बजारसम्म पु¥याउँदै आएको छ ।
अहिले खानेपानी मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पानी वितरण हुँदै आएको छ भने आगामी दिनमा अरु मन्त्रालय र अरु स्थानमा समेत फैलाउने लक्ष्य लिइएको छ । अहिले धेरै स्थानमा पानीको माग भइरहे पनि दिन नसकिएको संस्थानले जनाएको छ । एक लिटर पानीको बोतल बजारमा माग उच्च रहेकाले उत्पादनका लागि स्वचालित उपकरण जडान गर्ने लक्ष्य लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण